Ads

रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु


घोडाघोडी । हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ ।  राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रूखले चोट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागि गम्भीर हुनुभएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थी

Ads

सम्बन्धित पोष्टहरू