Ads

२०८२ जेठ ४ गते आईतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन शुभदायी छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नोकरीमा उन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । आजको दिन खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग भएपनि आँटेको काममा सफलता मिल्ने देखिन्छ । अरुबाट आलोचना हुने, धनमाल हराउने, सम्भावना पनि रहेको छ, होसिीयारी अपनाउनुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): जाँगर-जोशमा कमी आएपनि जिम्मेवारी भने बढिरहने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउने योग छ । प्रतिकुलताका बाबजुद आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ भने भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथमा आम्दानी बढ्ने योग पनि छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमसम्बन्धमा प्रगतिको योग छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, खानपानमा विशेष ख्याल राख्नु उचित होला । उत्साहवर्द्धक समाचारले पराक्रम वृद्धि गराउला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन्, तर विलासितामा खर्च बढ्न सक्छ । आरोग्यबल बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धामा केही कमजोर सावित भइने योग रहेकोले विशेष सजग रही कार्य गर्नु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि विशेष काम सम्पादन हुनेछन् भने परिवारजनको सहयोग लिने प्रयत्न गर्नु हितकर होला । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभदायी काम प्रारम्भ गर्ने समय छ । कामका लागि प्रशंसा मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने योग छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । यात्रागत कार्य बन्ने देखिन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप वृद्धि होला । आलस्यले गर्दा अवसर गुम्नसक्ने समय छ । अति आवश्यक अवस्थाबाहेक आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा स्थानान्तरणको सम्भावना छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु हितकर होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बिनाप्रतिस्पर्धा फाइदा हुने तर अरूको भरपर्दा काम रोकिन सक्ने दिन छ । हिम्मत गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्छ, ख्याल राख्नुहोला । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने योग छ ।

Ads

सम्बन्धित पोष्टहरू