काठमाडौं । कोसी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि (सोमबार) प्रस्तुत गरिने भएको छ ।
आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले भोलि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।
कोसी प्रदेश सरकारका कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकारको नीति तथा कार्यक्रम पास भएको र प्रदेशसभामा प्रस्तुत गर्न आवश्यक व्यवस्था मिलाइदिन प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गरिएको जानकारी दिए ।
कोसी प्रदेशसभाको सातौँ अधिवेशन आइतबार (आज) देखि सुरु हुँदै छ । आजको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेपछि केही ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८२ पेस हुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्