Ads

लुक्ला नपुगी काठमाडौं फर्कियो समिट एयरको जहाज


लुक्लाका लागि काठमाडौंबाट उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ ।

आज बिहान काठमाडौंबाट उडेको फ्लाइट नम्बर ३०१ को समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।

उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए । जहाज सुरक्षित रूपमा अवतरण गराइएको छ । उनीहरू सबै सुरक्षित छन् ।

Ads

सम्बन्धित पोष्टहरू