काठमाडौं,। मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। आइतबार साँझ भएको दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो। मोटरसाइकल उनका छोरा २३ वर्षीय रमेशले चलाएका थिए।
आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भवानी गम्भीर घाइते भएकी थिइन्।
प्रहरीका अनुसार रंगेली अस्पताल पुर्याएपछि साँझ सवा ७ तिर उनको मृत्यु भएको हो।मोटरसाइकल चालक मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्