Ads

यूएईलाई हराउँदै नेपाल ग्लोबल क्वालिफायरमा


थाइल्यान्डमा जारी आईसीसी महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीमा आज भएको खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । यो जितसँगै नेपाल ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेपालले युएईविरुद्ध ५ विकेटको जित निकालेको हो ।

सुरुवाति ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ११४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा लक्ष्य पूरा गर्दै ५ विकेटको जित निकालेको हो ।

सुपर ३ मा रहेका ३ टिममध्ये शीर्षस्थानमा रहेका दुई टोली ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । त्यसमध्ये चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

Ads

सम्बन्धित पोष्टहरू