Ads

ओलीको स्वास्थ्यका कारण संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण मंगलवारका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

मंगलवार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।

सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्रीको स्वास्थ्यका कारण मंगलवारको कार्यसूचीबाट प्रश्नोत्तरको कार्यक्रम हटाइएको जानकारी दिए ।

यसअघि ओलीको स्वास्थ्यकै कारण सोमवार कांग्रेस सभापति शेरबहादुर देउवासँग हुने भनिएको भेट स्थगित भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू