Ads

बालुवाटारमा ओली–देउवाबीच भेट, अर्थमन्त्री पौडेल पनि मिसिए


प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफलमा अर्थमन्त्री विष्णु पौडेल पनि मिसिएका छन् ।

मंगलबार बिहान करिब ११ बजे देउवा बालुवाटार पुगेलगत्तै अर्थमन्त्री पौडेललाई बोलाइएको थियो । अर्थमन्त्रीसहित ३ नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गभर्नर नियुक्तिमा भएको ढिलाइले अविश्वास बढेको चर्चाका बीच अर्थमन्त्रीलाई समेत राखेर ओली र देउवाबीच छलफल भएको हो ।

गभर्नर सिफारिश समितिको संयोजक अर्थमन्त्री पौडेल छन् । अहिलेसम्म सिफारिश समितिको बैठक समेत बस्न सकेको छैन । तीन नेताबीच नियुक्ति प्रक्रियाका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्यको कारण देखाउँदै मंगलबार संसद बैठकमा गएका छैनन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेत कार्यसूचीबाट हटाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू