Ads

विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत, आजै नियुक्त गर्ने तयारी


काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको छ ।

अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढु‌गानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवातार्मामा पौडेलको नाममा सहमति जुटेको थियो ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पाैडेल कांग्रेसकाे काेटाबाट गभर्नर बन्न लागेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू