Ads

गभर्नरमा विश्व पौडेललाई नियुक्त


चितवन,। सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि गभर्नर सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा पर्नेमा निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू