नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन्।
उनले बुधबार बिहान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनलाई सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको थियो ।
उनीसँगै गभर्नरका लागि राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम पनि सिफारिस भएको थियो ।
प्रतिक्रिया दिनुहोस्