काठमाडाैं । जनमुक्ति सेनाका पूर्व कमान्डर जितमान पुन मार्सल सहितका नेता माओवादीमा फिर्ता भएका छन् ।
जनतासँग माओवादी मध्यपहाडी लाेकमार्ग जनजागरण अभियान अन्तर्गत रूकुमकाेटमा आयाेजित जनसंवाद कार्यक्रम मार्फत जनमुक्ति सेनाका पूर्व कमान्डर तथा पूर्व जिल्ला सेक्रेटरी समेत रहनुभएका मार्सललाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।
मार्सल बाबुराम भट्टराइसँगै माओवादीबाट अलग भएका थिए । लामाे समय बाबुरामसँगै रहेका नेपाल समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन । उनीसंगै बाबुराम भट्टराई नेतृत्वकाे सिंगाे पार्टी माओवादीमा समाहित भएकाे छ ।
त्यस्तै पार्टी फिर्ता हुनेमा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामी रहेका छन् । उनी केही वर्ष अघि एमाले प्रवेश गरेका थिए ।
पार्टीमा फिर्ता हुनेलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सबै माओवादीहरू घटकहरू एक हुनु विकल्प नभएकाे बताए । माओवादीकाे देशव्यापी लाेकप्रियता बढ्दै गएपछि अन्य पार्टी तथा छुट्टिएर गएका माओवादीहरू गाेलबन्ध हुँदै जानू सकारात्मक रहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस्