Ads

रनवेमा पानी निस्किएपछि सुर्खेत विमानस्थल बन्द


काठमाडौं । सुर्खेत विमानस्थलमा हवाई उडान अवतरण बन्द गरिएको छ । धावनमार्ग (रनवे) मा खाल्डो परेर जमिनमुनिबाट पानी निस्किएपछि शुक्रबारसम्मका लागि उडान अवतरण बन्द गरिएको हो ।

विमानस्थलका प्रमुख हिराज काफ्लेले एउटा खाल्डो पुरिए पनि रनवेको अर्को ठाउँमा पनि पानी निस्किन थालेपछि शुक्रबारसम्मका लागि हवाई सेवा बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार रनवेमा खाल्डो परेपछि गत मंगलबारदेखि उडान रोकेर मर्मत सम्भार भइरहेको छ । पानी हटाएर खाल्डो पुर्ने काम शुक्रबारसम्म सकिने र शनिबाारदेखि नियमित उडान अवतरण गराउने तयारी रहेको काफ्लेले बताए ।

सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौँ–सुर्खेत रुटमा उडान गरिरहेका छन । विमानस्थल बन्द हुँदा सुर्खेतका यात्रु मारमा परेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू