Ads

कुलिङ पिरियड हटाउन माग गर्दै मुख्यसचिव र सचिवहरू सभामुखको कार्यकक्षमा


काठमाडौं । ‘कुलिङ पिरियड’काे प्रावधानप्रति असन्तुष्ट सचिवहरू सभामुखलाई भेट्न पुगेका छन् ।

बिहीबार मुख्यसचिवको नेतृत्वमा उनीहरू सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित कार्यकक्ष पुगेका हुन् । उनीहरूले राष्ट्रियसभाका अध्यक्षलाई पनि भेट्ने तयारी गरेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित निजामती विधेयकमा अवकाशपछि हुने राजनीतिक नियुक्ति दुई वर्षपछि मात्र हुने प्रावधान छ । यसमा उनीहरूको असन्तुष्टि छ ।

निजामती कर्मचारीका लागि मात्र ‘कुलिङ पिरियड’को व्यवस्था राख्न नमिल्ने तर्क उनीहरूको छ ।

उनीहरूले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसम्बन्धी कानुनी व्यवस्थामै ‘कुलिङ पिरियड’को प्रावधान राखे आफूहरूको असहमति नरहने तर्क गरिरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू