Ads

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन- शान्तिसुरक्षामा कुनै सम्झौता नगर्नुस्


काठमाडौं । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिए ।

उनले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए । १० वर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएकाले विकासका काम अवरुद्ध भएको उनले बताए ।

सीमानाकाबाट हुने चोरी पैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै मन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न आग्रह गरे । उनले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने जोड दिए । विपद् प्रतिकार्यमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको उन बताए ।

Ads

सम्बन्धित पोष्टहरू