काठमाडौं । नेपाल प्रहरीले १५ जेठमा राजावादीहरूले गर्ने घोषित प्रदर्शनलाई लक्षित गरी कडा सुरक्षा व्यवस्था लागू गरिने जनाएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले सुरक्षा तयारी पूर्ण भएको र कुनै जनधनको क्षति नहुने दाबी गरे ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले पनि सुरक्षा व्यवस्थालाई कडा बनाइएको र अप्रिय घटना नहुने बताए ।
यसअघि गत १५ चैतमा तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा एक पत्रकार र एक प्रदर्शनकारीको ज्यान गएको थियो भने निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । सो घटनाबाट सतर्क प्रहरीले यसपटक विशेष सुरक्षा रणनीति अपनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्