काठमाडौं, । सरकारले वृद्ध भत्ता (सामाजिक सुरक्षा) दिने उमेर ७० वर्ष बनाउन लागेको छ । रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुझाव आयोगको सुझावको आधारमा सरकारले वृत्त भक्ता दिने उमेर ७० वर्ष बनाउन लागेको हो ।
अहिले नेपालमा ६८ वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् । यसलाई बजेटबाटै ७० वर्ष कायम गर्ने तयारी सरकारले गरेको हो ।
भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ । यस्तो काम १ वर्षभित्रै गरिसक्ने समेत कार्ययोजनामा लेखिएको छ । सामाजिक सुरक्षाको नाममा राज्यलाई ठूलो आर्थिक भार परेको विषय बेलाबेलामा उठ्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्