मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने समय भएपनि जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुनसक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन, संयमतापूर्ण व्यवहारले विरोधिजनका मुख बन्द गर्न सकिनेछ । आकस्मिक यात्राको योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त रहला । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न रहला । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुनसक्ने योग छ । प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धन आर्जनको योग भएपनि आजको दिन महत्वपूर्ण काममा अरुको भर नपर्नु उचित हुनेछ । अरुको मनजित्न सजिलै सकिनेछ । नियमित काममा भने खास जाँगर नरहन सक्छ । मनमा खराब बिचारहरुले डेरा जमाउने सम्भावना रहेकोले सकारात्मक चिन्तनमा मन लगाउने प्रयास गर्नु उचित हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल वृद्धिका साथै पारिवारिक सुख वृद्धि हुने समय छ । बोलीको कदर हुनेछ भने कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । सकारात्मक कार्यको लागि वातावरण मिल्ने देखिन्छ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । साझेदारीको काम बन्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद होला । व्यापारमा विशेष फाइदाको योग छ । इष्टमित्र, साथीसंगीका साथै प्रेमी-प्रेमिकाबीच मिलन हुने समय छ । सहयोग, मान, पुरस्कार र हौसला मिल्ने देखिन्छ । साहस वृद्धिका साथै बिग्रिएका कामहरु बन्नेछन् । प्रेमभाव बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही प्रतिकल रहने देखिन्छ । बोली र व्यवहारको विपरीत अर्थ लाग्न सक्छ, अभिव्यक्तिलाई नियन्त्रणमा राख्नु र अनावश्यक कुरामा प्रतिक्रिया नदिनु हितकर हुनेछ । व्यापार-व्यवसायमा हानी व्यहोर्नुपर्ने योग भएकोले नयाँ लगानी नगर्नु उचित हुनेछ । नोकरीमा रहेका व्यक्तिले अपजस व्यहोर्नुपर्ला । आजको दिन यात्रा घातक बन्न सक्छ, अनावश्यक यात्रा थाती राख्नु हितकर हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन पारिवारिक समस्याले मन खिन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको भय पनि छ, सजगता अपनाउनुहोला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ भने मातापिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नसोचेका कामहरु बन्नसक्ने समय छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनुका साथै विपरीतलिङ्गीबाट सहयोग मिल्ला । धन आर्जनको मौका जुर्ने तथा कर्मप्राप्तिको योग छ । मिष्ठान्न भोजन प्राप्त होला । पठनपाठनमा प्रगति हुनेछ । आफन्तजन सहयोगी बन्लान् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय मनोरञ्जनपूर्ण रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनुका साथै नयाँ ज्ञान सिक्ने मौका जुर्ला । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । व्यवसायबाट राम्रै फाइदा उठ्ने योग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुने देखिन्छ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । महत्वपूर्ण योजनामा बाधाअडचन आउने योग भएकोले होसियारी अपनाउनुहोला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनुबाट जोगिन विशेष सजगता अपनाउनु उचित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आम्दानी वृद्धि होला । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । मिठो भोजन प्राप्त होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धर्मकर्ममा रुचि बढ्नेछ भने खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुका लागि समय उत्साहप्रद देखिन्छ । कर्मबल वृद्धि होला । लगानी उठ्नुका साथै आय वृद्धि हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । ।
प्रतिक्रिया दिनुहोस्