Ads

२०८२ जेठ ११ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको प्रयोगबाट लक्ष्य पहिल्याउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आशा मरेको फल पुन: प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउने समय छ । यद्यपि सानातिना काम र घरेलु समस्यामा अल्झिनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । काम सम्पन्न हुन समय लागेपनि परिणाम सकारात्मक हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)स्वास्थ्यमा अलिकति कमजोरी महसुस हुन सक्छ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसायिक विस्तारका लागि यात्रा हुन सक्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर विवेकले काम लिने प्रयास गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शौख पुरा गर्न खर्च बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा मिठास आउनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाउने सम्भावना छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले अवसर गुम्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ । सवारी साधन प्राप्तिको सम्भावना छ । आतिथ्य र सम्मान पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने सम्भावना छ । तर, अरूको भर पर्नु हानिकारक हुन सक्छ । हिम्मत नगर्दा योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)रोकिएका काम बन्नाले उत्साह बढ्नेछ । संघर्ष गरेरै अधिकार प्राप्त गर्न सकिनेछ । शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुपालन र अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ । चुनौती पार गर्दै काम सम्पन्न गर्न सकिनेछ । खर्च बढ्ने सम्भावना छ । व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिनेछ । यद्यपि, आँटेको काममा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)माता पिता वा मान्यजनसँग विवादको सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । आर्थिक लाभ दिने कामबाट फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द लिने समय हो । अध्ययनमा ध्यान नहुन सक्छ तर आत्मविश्वास बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)अघिल्लो सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारप्रति शंका जागेपनि मान्यजनको सल्लाह अनुसार चल्दा फाइदा हुनेछ । भेटघाटमा व्यस्तताले काममा बाधा आउन सक्छ । नयाँ प्रस्ताव आउन सक्छ तर हिम्मत नगर्दा अवसर गुम्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्तिमा ढिलाइ हुन सक्छ । कमजोर मानसिकताले पछि पार्न सक्छ । तर, हिम्मत गरेमा महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय हो । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)विशेष योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । पुरानो तरिकाले काम गर्दा असफलता आउन सक्छ । सोचविनै बोलेको वचनले समस्यामा पार्न सक्छ । गरिएका कर्मको राम्रो फल प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । गुरुजनको मार्गदर्शन र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलता र धैर्यले उत्कृष्ट उपलब्धि दिलाउनेछ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू