काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीको सबै अभिव्यक्तिको जिम्मेवारी नलिने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संविधानको सीमाभित्र रहेर आफ्ना कुरा राख्न छुट रहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।
प्रधानमन्त्रीको एमालेका नेताहरूले काठमाडौं कब्जा गर्ने अभिव्यक्ति एमालेको बैठकमा दिएका थिए ।
‘उहाँ एमालेको नेता पनि हुनुहुन्छ । उहाँले भनेको सबै कुरा जिम्मेवारी हामीले लिने कुरा हुँदैन । हामी कब्जाको पक्षमा छैनौँ । हामी समग्रमा संविधानको रक्षाको पक्षमा छौँ । संविधानको प्रयोग गरेर विरोध गर्न र आफ्ना कुरा राख्न पनि पाइन्छ। तर शान्तिपूर्ण तरिकाले,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्