नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सर्वोच्च शिखर सगरमाथाको तेस्रो आधार आधार शिविरबाट फर्किएका छन्।
महामन्त्री शर्माले आफू तेस्रो आधार शिविर (७२०० मिटर) छेउसम्म पुगेर फर्किएको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘पुर्वनिर्धारित ‘सेमिफाइनल’ यात्रा बमोजिम बैशाख २० मा लुक्ला ओर्लिएर ६ दिन पैदल पश्चात् म सगरमाथा बेसक्याम्प पुगेँ ।
आरोहण प्रशिक्षणले दिएको ऊर्जा पश्चात् जोखिमपूर्ण खुम्बु आइसफल पार गर्दै पहिलो र दोस्रो आधार शिविरमा बास बस्दै तेस्रो आधार शिविर (७२०० मिटर) छेउसम्म पुग्ने अवसर मिल्यो । अहिले बेसक्याम्प हुँदै राजधानी फर्किन लाग्दैछु ।’
उनले त्यहाँ देखेको र अनुभूत गरेको कुराहरूलाई समेट्दै प्रधानमन्त्रीलाई पत्र सम्म लेखेका छन्। उनले प्रधानमन्त्रीलाई जलवायु परिवर्तनसँग सम्बन्धित र हिमाली जीवन, हिमाली पर्यटन र सरकारसँगको अपेक्षासँग सम्बन्धित दुई पत्र लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्