गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता भएको छ।
यसको पेसी बुधबारका लागि तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्