Ads

सदन अवरोधबारे सभामुखसहित दलका नेता छलफलमा


काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन पहल थालेका छन् ।

अहिले प्रमुख दलका सचेतकहरूसँग छलफल भइरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले सदन अवरोध गरेका छन् ।

रास्वपाले गृहमन्त्री लेखकमाथि छानबिन आयोगको माग गरेको छ । कांग्रेसले भने लेखकलाई बोल्न समय दिन माग गरेको छ ।
बिहान ११ बजेको बैठक आधा घण्टालाई स्थगित गरिएकोमा पुन: साढे २ बजेलाई सारिए पनि अहिलेसम्म बस्ने/नबस्ने निश्चित छैन ।

Ads

सम्बन्धित पोष्टहरू