Ads

अतिक्रमित जग्गा खाली गराउन डिभिजन वन कार्यालय रौतहटको सक्रियता


रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ । अभियानअन्तर्गत मङ्गलवार वृन्दावन नगरपालिका–१ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको छ।

वृन्दावन सब डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको कमान्डमा डिभिजन वन कार्यालय, वृन्दावन सब डिभिजन वन कार्यालय बलरी र चेतनगर पोस्टका वन कर्मचारी तथा सशस्त्र बन रक्षकको संयुक्त गस्ती टोलीले भोटे टोलको विभिन्न पाँच स्थानमा करिब १ बिगाहा क्षेत्रफल वन अतिक्रमण गरी  लगाइएको अदुवा, बेसार, केरा र तरकारी खेती नष्ट गर्नुका साथै स्थानीयले बनाएको  घर टहरा  भत्काइएको डिभिजन प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म चोरी तस्करीमा संलग्न २६ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ। ती तस्करहरूबाट जरिबाना तथा धरौटी स्वरूप कुल २५ लाख,६५ हजार ९६६ रुपैयाँ राजश्व दाखिला गरिएको साहले बताए।

Ads

सम्बन्धित पोष्टहरू