काठमाडाैं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन् ।
दुई दिने नेपाल भ्रमणका क्रममा न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्स बुधबार काठमाडौं आइपुगेका हुन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा न्युजिल्यान्डका परराष्ट्रमन्त्री पिटर्स नेपाल आएका हुन् । परराष्ट्रमन्त्री पिटर्सले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्