Ads

जेठ १५ को हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : महासचिव पाेखरेल


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोलि जेठ १५ को कार्यक्रम कसैको विरोधमा नभएको बताएका छन्।

बुधबार एमालेको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

उनले भोलि एमालेले गणतन्त्र उत्सवको रूपमा मनाउने बताए। उनले भने, ‘हाम्रो कार्यक्रम कसैको विरोधमा होइन, एमालेले गणतन्त्रलाई उत्सवको रूपमा मनाउँछ।’

सोही क्रममा उनले आगामी बजेटको मिति पनि सार्नुपर्ने भनाइ राखेका छन्। उनले आगामी दिनमा संविधान यसैगरी संशोधन गर्दै लैजानु पर्ने प्रस्ताव गरे।

भोलिको एमालेले भृकुटीमण्डपमा कार्यक्रम गर्नका लागि स्थान तोकिएको छ। भोलि कै दिन राजावादी समूहले पनि काठमाडौं केन्द्रित कार्यक्रम गर्दै छ।

Ads

सम्बन्धित पोष्टहरू