Ads

म माथिको प्रचारबाजी षडयन्त्र र राजनीतिप्रेरितः गृहमन्त्री लेखक


काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध चलाइएको हल्लालाई राजनीतिप्रेरित षडयन्त्रको संज्ञा दिएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।

‘यो विषयलाई लिएर मन्त्रीको पनि संलग्नता छ भन्ने प्रचारप्रसार, समाचार र सामाजिक सञ्जालबाट विचार अभिव्यक्त भएका छन्,’ गृहमन्त्री लेखकले भने, ‘यो असत्य र बेठिक कुरा हो, मेरो कुनै संलग्नता छैन। नियोजित र षडयन्त्रमूलक ढंगले आक्रमण भएको छ । यो राजनीतिक स्वार्थप्रेरित छ।’

अख्तियारबाट हुने कुनैपनि अनुसन्धानलाई खुल्ला मनले स्वागत गर्ने उनले बताए।

Ads

सम्बन्धित पोष्टहरू