Ads

तोलामा १५०० रुपैयाँ घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच बिहीबार छापावाल सुनको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू