नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमको कन्सल्टिङ कोचमा निक पोथास नियुक्त भएका छन् ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकी प्रशिक्षक पोथासलाई कन्सल्टिङ कोचमा नियुक्त गरेको हो । दक्षिण अफ्रिकाका पूर्वखेलाडी तथा प्रशिक्षक निकलाई नेपालको स्कटल्यान्ड टुरका लागि कन्सल्टिङ कोचमा नियुक्त गरिएको क्यानले जनाएको छ ।
५१ वर्षीय पोथासले सन् २००० मा दक्षिण अफ्रिकाको लागि तीन ओडीआई खेलेका थिए । तर, पछि उनले ग्रीसका लागि खेलेका थिए । प्रशिक्षकका रूपमा निकले ह्याम्पशायर, मिडलसेक्स र बंगलादेश राष्ट्रिय टोलीसँग काम गरिसकेका छन् ।
निकले उनले सन् २०२२ मा बंगलादेशको सहायक र फिल्डिङ प्रशिक्षकका रूपमा काम पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्