Ads

बजेट ल्याउन दिन्छौँ, त्यो बाहेक अरु काम गर्न दिँदैनौँ: माओवादी केन्द्र


काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछि नहटेको बताएका छन्।

विपक्षी दलहरूको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोलेका पाण्डेले संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू इमानदार भएकाले बजेट संसदमा पेश गर्न दिने बताए।

आज आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने र बजेट प्रस्तुत गर्ने विषयका लागि सदन अगाडि बढाउन दिने पनि अरू कुनै कार्यसूची अघि बढाउन नदिने बताए।

Ads

सम्बन्धित पोष्टहरू