Ads

सुनको मूल्य सामान्य वृद्धि


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू