Ads

बिच्छीले टोकेर बालिकाको मृत्यु


काठमाडौं, । मकवानपुरमा बिच्छीले टोकेर बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा बकैया गाउँपालिका-७ मैनाटारका वीरबहादुर वाइबाकी ८ वर्षीया छोरी अस्मिता वाइबा छिन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ६ बजे नुहाएर कपडा लगाउने क्रममा बिच्छीले उनको कम्मरमा टोकेको थियो। भोलिपल्ट (बिहीबार) दिउँसो २ बजेदेखि उनलाई सास फेर्न गाह्रो भएको थियो।

गाह्रो भएपछि परिवारले उनलाई ७:४५ बजे मात्रै हेटौंडा अस्पताल पुर्‍याएको थियो। त्यसको एक घन्टामा चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू