राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापनाका लागि भोलि (सोमबार)बाट खास लडाइँ शुरू हुने बताएका छन् ।
काठमाडौंको नारायण चौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तत्काल रिहा गर्न माग गर्दै उनले यस्तो बताएका हुन् ।
‘राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु, नेपाल सरकार, गृहमन्त्री र यहाँ कमान्ड गरिरहेका प्रहरी प्रमुखलाई मेरो आग्रह छ, तपाईंहरूले कमल थापालाई यहीँ ल्याइदिनुस्, होइन भने काठमाडौं बाहिरबाट अरु साथीहरू बोलाउँछौं, खास लडाइँ भोलिबाट शुरू हुन्छ ।
प्रधानमन्त्रीले धम्क्याउन खोजेको भन्दै उनले प्रहरी प्रशासनलाई संयमता अपनाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्