आईसीसी पुरुष क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्दै छ ।
नेपाली समयअनुसार आज दिउँसो पौने ४ बजे नेपाल र स्कटल्यान्डको खेल सुरु हुनेछ ।
नेपाल, नेदरल्याड्स र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज हुन लागेको हो । आजदेखि सुरु हुने यो शृङ्खला १२ जुनसम्म चल्नेछ । जसमा यी तीन देशले एकअर्कासँग एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन् ।
आज पहिलो खेल खेल्ने नेपालले दोस्रो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यस्तै ८ जुनमा स्कटल्यान्ड र १० जुनमा नेदरल्यान्ड्सविरुद्ध नेपाल मैदानमा उत्रनेछ ।
लिग २ को अंकतालिकामा भने नेपाल पुछारमा छ । हालसम्म १२ खेल खेलेको नेपालले जम्मा २ खेलमा जित निकालेको छ भने २ खेल रद्ध भएको थियव । शीर्ष स्थानमा रहेको अमेरिकाले २० खेलमा १४ जित निकालेको छ । अंक तालिकाको दोस्रो स्थानमा नेदरल्यान्ड्स छ भने तेस्रो स्थानमा ओमान छ । स्कटल्यान्ड चौथो, क्यानडा पाँचौँ, नामिबिया छैटौँ र यूएई सातौँ स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्