Ads

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसद्मा प्रस्तुत बजेटमाथि छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ ।

संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे पार्टी संसदीय दलको बैठक बोलाइएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमाले संसदीय दलको कार्यालय लोत्से हल बानेश्वरमा बैठक बस्नेछ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷०८३को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गरेका थिए ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म अबको संसद् बैठक चल्न नदिने बताउँदै आएका छन् । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २० गते मंगलबारका लागि बोलाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू