Ads

मुस्ताङमा पर्यटकलाई सूचना दिने सशस्त्रका सिपाही सुनील श्रीष पुरस्कृत


काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले माथिल्लो मुस्ताङको नेचुङ बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सिपाही सुनील श्रीषलाई पुरस्कृत गरेको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सुनीललाई नगदसहित रेकर्डमा जनाइने गरी पुरस्कृत गरेको सशस्त्र प्रहरी बलका सहाक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

‘‘सिपाही सुनीलले सीमा स्तम्भको महत्त्व, उच्च हिमाली भूभागमा यात्रा गर्दा आइपर्ने चुनौतीबारे उत्कृष्ट ढंगबाट जानकारी गराएको पाइएपछि चिफसाबकै आदेशमा पुरस्कार दिइएको हो,’’ डीएसपी थापाले भने ।

जेठ १५ मा अपर मुस्ताङको कोराला नाका घुम्न जाने आन्तरिक पर्यटकलाई सुनीलले हात जोड्दै गरेको जानकारीमूलक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सामाजिक सञ्जालमा सुनीलको प्रशंसा भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू