Ads

सबैतिर खोज्दा पनि प्रचण्ड भेटिनुभएको छैन:प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अवरोध अन्त्य गर्न आफूले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्न खोजेको तर उनी कतै फेला नपरेको बताएका छन्।

उनले संसदीय दलको बैठकमा सोमबार भने- ‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फैला पर्नुभएको छैन, उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला, यस्तो नचाहिने कुरामा संसद् रोकेर देशलाई बर्बाद पार्ने गरी काम गर्नु हुँदैन।’

उनले विपक्षीले अवरोध गर्न खोजे पनि मंगलबार संसद् बैठक जारी राख्नुपर्ने बताए। ‘तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले सांसदहरूसँग भने।

प्रधाानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा नआउने बताए। ‘केही तथ्य प्रमाण केहीले छोएको छैन। एउटा कर्मचारीलाई बोलाएर सोध्यो भनेको भरमा राजीनामा आउँदैन,’ उनले भने।

Ads

सम्बन्धित पोष्टहरू