काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डसँग पहिला फिल्डिङ गर्ने भएको छ ।
स्कटल्याण्डमा नेपालका रोहित पौडेलले घरेलु टोलीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले ७ महिनापछि आडिआई खेल खेल्न लागेका हो । यसअघि पछिल्लो पटक स्कटल्याण्डसँग नै ओडिआई खेल खेलेको थियो । उक्त खेल नतिजाविहीन बनेको थियो ।
सन् २०२४ को नोभेम्बरमा भएको नेपाल, अमेरिका र स्कटल्याण्डबिचको त्रिकोणात्मक सिरिजअन्तर्गतको उक्त खेलमा दुवै टोलीले एकएक अंक बाँडेका थिए । त्यसयता नेपालले कुनै पनि ओडिआई खेल खेलेको छैन ।
यो सिरिजमा नेपालले ४ खेल खेल्नेछ । अंक तालिकाको पुछारमा रहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण हुनेछ ।
दुवै टोली आईसीसीको ओडिआई वरियतामा माथि हुँदा आफ्नो पक्षमा नतिजा निकाल्न नेपाललाई चुनौती हुनेछ । यस्तै राम्रो नतिजा निकाल्दै अंकतालिकाको पुछारबाट उक्लिने अवसर पनि नेपाललाई हुनेछ ।
प्रतिक्रिया दिनुहोस्