प्रतिनिधिसभा बैठकको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
सभामुख घिमिरेको कार्यकक्षमा जारी छलफलमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् । संयुक्त बैठक बस्नुअघि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेसँग छुट्टै छलफल गरेका थिए ।
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहे/नरहेको छानबिन गर्न उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने र लेखकले राजीद्दामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् ।
तर, सत्तापक्षले भने गृहमन्त्री लेखकको राजीनामा नआउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्