Ads

प्रतिनिधिसभा बैठक दुई बजेसम्मलाई स्थगित


प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमति हुन नसकेपछि दुई बजेसम्मका लागि सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची छ । प्रतिपक्षी दलहरुले भिजिट भिषा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गर्दै आएका छन् । उनीहरुको विरोधका कारण बजेट भाषण बाहेक अन्य कार्यसूची अघि बढ्न सकेको छैन ।

गतिरोध अन्त्यका लागि सभामुखले समेत पहल जारी राखेका छन् । आज बिहानैदेखि सभामुख देवराज घिमिरेले प्रतिपक्षीसहित सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग कुराकानी गरिरहेका छन् ।

सभामुखको सचिवालयले छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी गराउँदै बैठक सञ्चालनको वातावरण बन्दै गएको दाबी गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू