Ads

दक्षिण कोरियाको राष्ट्रपति चुनावमा लिबरल पार्टी विजयी


वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके)का नेता ली जे-म्युङले दक्षिण कोरियाको राष्ट्रपति चुनाव जितेका छन् । उनले सत्तारूढ पिपुल पावर पार्टी (पीपीपी)का किम मुन सुलाई पराजित गरेका हुन् ।

विजयपछि लीले भने ‘म मतदाताहरूलाई धन्यवाद दिन्छु। म यो जिम्मेवारी कहिल्यै बिर्सने छैन र देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’

साथै, किम मुनले हार स्वीकार गरेका छन् । उनले भने ‘म जनताको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे-म्युङलाई विजयको लागि बधाई दिन्छु।’ राष्ट्रपति चुनावमा कुल मतदाता ७८.३ प्रतिशत मतदान भएको थियो, जुन १९९७ पछिको सबैभन्दा उच्च हो।

जबकि २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७.१ प्रतिशत मतदान भएको थियो। दक्षिण कोरियामा १९८७ को चुनावमा सबैभन्दा धेरै ८९.२ प्रतिशत मतदान भएको थियो। दक्षिण कोरियामा जनताले प्रत्यक्ष मतदानमार्फत राष्ट्रपति चयन गर्छन्। राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ, तर, दोस्रो कार्यकाल लिन पाइँदैन ।

राष्ट्रपति उम्मेदवारहरूलाई चुनाव प्रचारको लागि केवल २३ दिन मात्र पाउँछन् । दक्षिण कोरियामा राष्ट्रपति चुनावमा एक चरणको मात्र मतदान हुन्छ। सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई विजेता घोषित गरिन्छ।

Ads

सम्बन्धित पोष्टहरू