प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ ।
पार्टी पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्चले आदेश दिएको भोलिपल्ट माओवादीको कार्यालय बैठक बोलाइएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बसिरहेको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश आदेश दिएको थियो । साथै सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई पनि सर्वोच्चले बदर गरिदिएको छ ।
माओवादीले यो विषयलाई सकारात्मक संकेतका रूपमा लिएको छ । द्वन्द्वकालीन घटनाहरू नियमित न्यायिक प्रक्रियाबाट निरुपण हुन नहुने माओवादीको भनाइ छ ।
यसका साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । माओवादी केन्द्रलगायतका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदनमा अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्