Ads

आईसीसी विश्वकप लिग टुः नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं,। आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणत्मक एकदिवसीय सिरिजमा आइतबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ।

यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल घरेलुटोली विरुद्ध दोस्रो तथा सिरिजमा अपराजित रहँदै तेस्रो जित निकाल्न चाहन्छ। यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको थियो।

दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो।जारी त्रिकोणात्मक प्रतियोगितामा नेपाल १० अंकसहित सातौँ स्थानमा छ। एकदिवसीय मान्यता जोगाउँदै विश्वकमा छनोट हुन नेपाललाई लिग टु का हरेक खेल जित्नैपर्ने दबाब छ।

Ads

सम्बन्धित पोष्टहरू