प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।
राससको तस्वीर प्रदर्शनीको अवलोकनपछि उनले केही दिनदेखि अवरुद्ध भएको प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुने बताएका हुन् ।
‘सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,’ उनले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्न २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद शुरू हुन्छ ।’
सभामुखघिमिरले बजेटमाथिको छलफल समयभित्र सक्न त्यहीअनुसार कार्यसूची समेत तयार हुने बताए ।
प्रतिक्रिया दिनुहोस्