Ads

भिजिट भिसा प्रकरणमा छानबिन समितिको ग्यारेन्टी भए माओवादीले सदन चल्न दिने


गृहमन्त्रीको राजीनामा माग गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र लचिलो बनेको छ ।

भिजिट भिसा प्रकरणका कारण अवरुद्ध सदन सुचार गर्न कांग्रेसले मध्यमार्गी प्रस्तावमा माओवादीले सहमति जनाए पनि अन्य विपक्षी दल तयार नहुँदा संसदको अन्योलता हट्ने विषय पेचिलो बनेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरिसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणाली सुधार गर्ने तथा विस्तृत अनुसन्धान गर्न समिति गठन गर्ने गरी सहमति गर्न कांग्रेसको प्रस्ताव छ । यो प्रस्तावमा प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लचक देखिएका छन् । तर, रास्वपाले भने गृहमन्त्री रमेश लेखकमाथि अहिले नै छानबिन हुनुपर्ने अडान कायमै राखेको छ ।

‘अब गृहमन्त्रीले सदनमा होइन छानबिन समितिमा बोल्ने हो’ भनेका रास्वपाका नेताहरू पनि केही नरम बनेका छन् । उनीहरूले छानबिन समति गठन पहिला गर्नुपर्ने बताउन थालेका छन् ।

‘पहिला छानबिन हुने सुनिश्चित हुनुपर्छ हामी संसद अवरोध खुलाउन तयार छौँ,’ माओवादीका एक पदाधिकारीले भने । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप लगाउँदै विपक्षी दलहरूले लगातार सदनमा अवरोध गर्दै आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू