Ads

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव


काठमाडौँ,। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे ।

“गृहमन्त्रीले बदमासी गरेको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन, गृहमन्त्रीले आफू नैतिकवान् र इमान्दार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ । छानबिनका लागि तयार हुनुपर्छ”, सांसद आले मगरले भने । उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइयो भनी प्रश्न गरे । रासस

Ads

सम्बन्धित पोष्टहरू