Ads

तेस्रो जितको खोजीमा रहेको नेपाल नेदरल्यान्ड्सको सामना गर्दै


आइसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै छ ।

दुई देशबीचको खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ मा शुरू हुनेछ ।

नेपाल तेस्रो जितको लक्ष्यमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै, नेपाल स्टकल्यान्डसँग भने दुई रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्सले स्कटल्यान्डसँग पनि ४४ को पराजय बेहोरेको थियो । नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ । नेदरल्यान्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

आठ टोली सहभागी लिग-२ एकदिवसीय विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको शीर्ष चार टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । यसैगरी पुछारका चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू