Ads

दलहरू छलफलमै, संसद् बैठक सारियो


काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ ।

पूर्वनिर्धारित समयमा बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले आजै दिउँसो ३:१५ बजेका लागि समय तोकेका छन् ।

यसअघि, आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर, भिजिट भिसा प्रकरणलाई लिएर सहमति नजुटेपछि बैठक बस्न सकेन ।

अहिले सत्तापक्ष र विपक्षी दलका नेताहरूले सहमतिको प्रयास गरिरहेका छन् । निरन्तरको अवरोधका कारण जेठ गतेयता बैठक चल्न सकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू