काठमाडौं । समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरीको एउटा टोली उनको धुम्बाराहीस्थित घरमै पुगेको छ ।
काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि भोटाहिटीस्थित साइबर ब्युरोबाट प्रहरीको एउटा टोली बुधबार दिउँसो पाठकको घरसम्मै पुगेको हो ।
मोबाइल फोनसमेत बन्द गरेर बसेका पाठकलाई प्रहरीले घरमा भने भेट्टाएन । घरमा नभेट्टाएपछि प्रहरीको टोली अहिले कार्यालयमा फर्किसकेको छ ।
पाठकलले आफूद्वारा सञ्चालित युट्युब च्यालनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवापुत्र जयवीरको लगानी तथा कारोबारबारे एउटा भिडियो कन्टेन्ट बनाएका थिए । नक्सालस्थित हिल्टन होटलमा जयवीरको लगानी रहेको दाबीसहित बनाइएको उक्त कन्टेन्टलाई लिएर दिलभूषणविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा साइबर ब्यूरोले पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । सामान्यतया समाचारको विषय नेपाल प्रेस काउन्सिलले हेर्नुपर्ने भए पनि सिधै प्रहरीमार्फत् पत्रकारलाई कारबाही गर्न खोजिएपछि चौतर्फी विरोध भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्