Ads

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्।

कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन्।

सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भए भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन्।

Ads

सम्बन्धित पोष्टहरू